.png&w=1000&height=550)
पोखरा । जावलाखेल युथ क्लब पोखरामा जारी २५औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा अपि पावर चर्च ब्वाईजलाई ३-० गोलले हराउँदै जावलाखेलले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित टुंगिए पनि दोस्रो हाफको ४८औँ मिनेटमा जावलाखेलका धर्मेन्द्र कुँवरले बललाई पोस्टको दिशा दिलाए ।
८८औँ मिनेटमा विदेशी खेलाडी निकालोस ओडाने ह्यामिल्टनले गोल थपे । यस्तै दोस्रो हाफको इन्जुरी समयमा सुजन गुरूङको गोलमा जावलाखेलले अग्रता तेब्बर बनाएको थियो । दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरे पनि चर्च ब्वाईजले गोल फर्काउन भने सकेन ।
प्रतियोगितामा सोमबार मनाङ मर्स्याङ्दी क्लबले सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेड क्लबसँग खेल्नेछ ।