टी-२० विश्वकप : स्कटल्यान्डमाथि इंग्ल्यान्ड जित

फाल्गुन २, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : स्कटल्यान्डमाथि इंग्ल्यान्ड जित

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्दै इंग्ल्यान्डले पुनः लय समातेको छ । 

जित्नै पर्ने खेलमना इंग्ल्यान्डले स्कर्टल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । कोलकातामा भएको खेलपछि स्कटल्यान्ड भने समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ । इडेन गार्डनमा इंग्ल्यान्डलले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले राम्रो सुरूवातलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा १९ ओभर ४ बलमा १ सय ५२ रनमा समेटियो ।

कप्तान रिची बेरीङ्टनले ४९ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई १३औँ ओभरसम्म १ सय १३ रन बनाउँदा ३ मात्र विकेट गुमाएको मजबुत अवस्थामा पुर्‍याएका थिए । मिचेल जोन्सले ३३ र टम ब्रुसले २४ रन जोडेका थिए । स्कटल्यान्डले अन्तिम ३ ओभर ३ बलमा ५ विकेट गुमाउँदा केबल १४ रनमात्र जोड्न सक्यो ।

इंग्ल्यान्डका लागी जफ्रा आर्चरले पावरप्लेमा दुई विकेट लिएर दबाब सिर्जना गरेका थिए । उनले मात्र २३ रन खर्च गरे । आदिल रसिदको नममा ३ विकेट रह्याे । १ सय ५३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले खराब सुरूवात गर्‍यो । फिल साल्ट र जोस बटलर पहिलो दुई ओभरमै आउट भएपछि दबाब बढ्यो । 

ह्यारी ब्रुक ४ रनमै आउट हुँदा इंग्ल्यान्ड ८६ रनमा ४ विकेट गुमाएर संकटमा परेको थियो । ज्याकब बेथेलले ३२ रन र साम करनले २८ रनको योगदान दिए । तर टम ब्यान्टनले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । उनले अविजित ६३ रन बनाउँदै आफ्नो अन्तर्राष्ट्रिय करियरकै सबैभन्दा महत्वपूर्ण इनिङ्स खेले । 

१९औं ओभरको दोस्रो बलमा विल ज्याक्सले विजयी रन बनाउँदै इंग्ल्यान्डलाई ५ विकेटको जित दिलाए । यस जितसँगै इंग्ल्यान्डले सुपर-८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । अब इटालीलाई हराएमा उ अर्को चरणमा पुग्नेछन् । स्कटल्यान्ड भने नेपालसँगको अन्तिम खेलअघि नै अन्य नतिजाका कारण बाहिरिन सक्ने अवस्थामा पुगेको छ ।

आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण कान्तिुर म्याक्स र म्याक्स २ बाट भइरहेको छ ।