
उदयपुर । उदयपुरको गाईघाटस्थित थारुहट रंगशालामा नेपालकै खेलकुद इतिहासमा पहिलोपटक राष्टियस्तरको एन्फा महिला च्याम्पियन फुटबल प्रतियोगिता हुँदैछ । फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेअखिल नेपाल फुटबल संघ एन्फाका महासचिव, किरण राईले बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ -एन्फाको आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा हुने प्रतियोतिगाका लागि आवश्यक तयारी सबै पुरा भइसकेको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताउनुभयो ।
उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबीच हुने भएकोे छ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लब रहनेछन् ।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको खेलहरु सबै रोचक हुने आयोजकको दावी छ । यस प्रतियोगितालाई नेपालको ए डिभिजन लिगको पि्र-सिजनको रुपमा पनि लिएको छ ।