काठमाडौै। टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीको सामना गर्नेछ। यो खेल दिउँसो सवा ३ बजे मुम्बइको वाङ्खडे रंगशालामा सुरु हुनेछ। पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्वकपमा पहिलो पटक भेटिरहेका दुबै टोली पहिलो जितको प्रतिक्षामा हुनेछन्।