आहा रारा पोखरा गोल्ड कप : जावलाखेल युथ क्लबद्वारा मछिन्द्र पराजित

माघ २८, २०८२ |खेल ब्युरो
आहा रारा पोखरा गोल्ड कप : जावलाखेल युथ क्लबद्वारा मछिन्द्र पराजित

काठमाडौं । २५औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा जावलाखेल युथ क्लबले आफ्नो पहिलो खेलमा मछिन्द्र क्लबलाई पराजित गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्रलाई २-० गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय खेल पस्केको जावलाखेलले दोस्रो हाफमा मात्र सफलता हात पार्यो । खेलको ५४औं मिनेटमा मछिन्ऽका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै जावलाखेलका निकोलसले पहिलो गोल गरे । 

त्यसैगरी खेलको ६६औं मिनेटमा बोउबाकरको गोलमार्फत जावलाखेलले अग्रता दोब्बर बनायो । जावलाखेलले दुई वर्ष अघि आहा रारा पोखरा गोल्ड कपमा मछिन्द्रलाई १-० ले पराजित गरेको थियो । त्यसैगरी, बिहीबार हुने खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।