‘खेलकुद परिषद् र संघीय सरकारले काम अघि नबढाउँदा १०औँ राष्ट्रिय खेलकुद आयोजना हुन सकेन’

माघ २८, २०८२ |खेल ब्युरो
‘खेलकुद परिषद् र संघीय सरकारले काम अघि नबढाउँदा १०औँ राष्ट्रिय खेलकुद आयोजना हुन सकेन’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् र संघीय सरकारले काम अघि नबढाउँदा १०औँ राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् ।

खेलकुदका माध्यमबाट प्रदेशहरूले संघीयता कार्यान्वयन गर्न चुकेको भन्दै म‌ंगलबार कान्तिपुर कन्क्लेभमा प्रश्न गरिएपछि कँडेलले राष्ट्रिय खेलकुद केन्द्रको प्रतियोगिता भएको बताएका हुन् । संघीय सरकारले योजनासहितको वित्तीय हस्तान्तरण नगर्दा प्रतियोगिता आयोजना हुन नसकेको पनि उनले बताए ।

यता खेलाडीहरू भने प्रतियोगिता नहुँदा आफ्नो क्षमता परीक्षण हुन नपाएको बताउँछन् । राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय सरकारले स्वीकृत गरिसकेको भए पनि अहिलेसम्म प्रतियोगिताका कुनै पनि विषयमा ठेक्कासमेत निकालिएको छैन । जसकारण नेपाली खेलकुद डेडलकको अवस्थामा पुगेको छ ।