त्रिभुवन आर्मी झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

माघ २७, २०८२ |खेल ब्युरो
त्रिभुवन आर्मी झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी सातौं झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाईब्रेकरमा लालीगुराँस एसाेसिएसन क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम ४ को यात्रा तय गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल सिधैं टाईब्रेकरमा गएको थियो । 

टाईब्रेकरमा आर्मीका नवीन लामा, विक्रम तामाङ, जर्ज प्रिन्स कार्की र विकेश कुथुले गोल गरे । लालीगुराँसको राम थापाको पहिलो प्रहार विपक्षी गोलकिपरले रोकेका थिए भने विशोन गुरुङको प्रहार आकासिएको थियो । टिकाराज गुरुङ र सुदिप गुरुङको प्रहारमात्र गोलमा परिणत भयो ।

प्रतियोगितामा बुधबार एपीएफ क्लब र आर.टि.सी. भुटानबीच हुने आयोजकले जनाएको छ ।