इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूद्वारा सुर्खेतमा प्रदर्शन

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूद्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेत । सुर्खेतकी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले शुक्रबार पनि सुर्खेतमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान इनिसाकै साथीहरू न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग समेत गरेका छन् । 

१६ वर्षीया इनिशाको मृत्यु शङ्कास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने विद्यार्थीहरुको माग छ । घरबाट कलेज हिँडेकी इनिसा यही फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । 

इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषयमा अध्ययनरत थिइन् । इनिसाको सामूहिक रूपमा जकबरजस्ती करणीपछि हत्या भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इनिसाको पोस्टमार्टम रिपोर्ट अनुसार उनको जबरसस्ती करणीबाट मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोली सुर्खेत आउने भने पनि अझै पुगेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.