
झापा । झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तर्राष्ट्रि्य आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आइतबारको खेलमा त्रिभुवन आर्मीले चर्चब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
डोमालाल राजवंशी रंगशालामा भएको खेलमा २७ औं मिनटमा नविन लामाले गोल गरी आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले ४५ औँ मिनटमा गोल गरी दोब्बर गोल संख्या दोब्बर बनाए । आर्मी त्यतिमै रोकिएन, ८५ औँ मिनटमा सब्स्टिच्युट खेलाडी प्रिन्स कार्कीले तेस्रो गोल गरे । दोस्रो हाफमा चर्चब्वाइज आक्रमणको प्रयास बुन्न नसक्दा हार ब्यहोर्न पुग्यो। आइतबारको खेल आर्मीको एक तर्फी जस्तै रह्यो । खेलको प्लेयर अफ दि म्याच आर्मीका नविन लामा भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । सोमबारको खेल झापा एघार फुटबल क्लब र सिङ्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुने आयोजकले जनाएको छ ।
विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।