रोयल थिम्पुलाई पराजित गर्दै झापा ११ बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनलमा

माघ २३, २०८२ |अर्जुन सुवेदी
रोयल थिम्पुलाई पराजित गर्दै झापा ११ बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनलमा

सुनसरी । भुटानको रोयल थिम्पु फुटबल क्लबलाई पराजित गर्दै झापा ११ ले २६ औँ संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

आज भएको दोस्रो प्रि-क्वार्टरफाइनलमा झापा ११ ले रोयल थिम्पुलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । धरान रंगशालामा भएको खेलमा झापाली टिमलाई जिताउन सुनील खड्का र राजेश दाहालले १-१ गोल गरे । खड्काले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए भने दाहालले ६३ मिनेटमा गोल थपे । दाहालले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पाए ।

झापा११ ले अब सातदोबाटो युथ क्लब ललितपुरसँग माघ २७ गते क्वार्टरफाइनलमा प्रतिष्पर्धागर्नेछ । सातदोबाटोले सिधै बाई पाएर क्वार्टरफाइनल खेल्न लागेको हो । क्वार्टरफाइनलचरणका खेलहरू भोलिदेखि सुरु हुनेछन् । शनिबार हुने पहिलो क्वार्टरफाइनलमा साबिकविजेता न्युरोड टिम एनआरटीले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।