.png&w=1000&height=550)
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा एनआरटी फुटबल क्लबले पाचौँ जित दर्ता गरेको छ ।
एनआरटीले चित्लाङ फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको दिनको दोस्रो खेलमा एनआरटीले चित्लाङविरूद्ध कठिन जित हात पारेको हो । एनआरटीले १०औँ मिनेटमा राजिव लोप्चनमार्फत अग्रता बनायो ।
एनआरटीले डेडलक टोडे पनि पहिलो हाफमा चित्लाङ हाबी बनेको थियो । ३७औँ मिनेटमा चित्लाङ भाग्यशाली रह्यो । आरोन थापाको कर्नरमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ४१औँ मिनेटमा चित्लाङका सोलोमोन इलेसानमीको प्रहार सनमले गोल लाइनबाट विफल पार्दै एनआरटीलाई खेलमा जीवित राखे ।
पहिलो हाफ १-१ को बराबरीमा सकाएको जीवन सिन्केमानाको टोलीले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्यो । दोस्रो हाफमा टिमोथी ओकेरेकेमार्फत अग्रता फर्काएको एनआरटीका लागि सोही गोल नै निर्णायक रह्यो । जितसँगै एनआरटीले ९ खेलमा १८ अकं बनाएको छ ।
यता, चित्लाङको भने यो तेस्रो हार हो । उसले ८ खेल खेल्दा मात्र १ जित हात पारेको छ ।