
काठमाडौै । पोखरामा यही माघ १७ देखि २४ गतेसम्म ७ औं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिप आयोजना हुँदै छ । नेपाली टोली अहिले यसै प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छ । आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशसम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा छ ।
घरेलु मैदानको फाइदा उठाउादै पहिलो पटक साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाली टोली अहिले अन्तिम तयारीमा व्यस्त छ । हालसम्म यस उमेर समूहमा च्याम्पियन बन्न नसकेको नेपाल दुई पटक उपविजेतामा सीमित बनेको थियो । मुख्य प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा रहेको टोलीको तयारी कस्तो छ त ?
यसै प्रतियोगितालाई मध्यनजर गर्दै नेपाली युवा टोलीले लामो समयदेखि प्रशिक्षण गरिरहेको छ । च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भइसक्दा टिम सन्तुलन उत्कृष्ट रहेको प्रशिक्षकको दावी छ । मुख्य प्रशिक्षक सुमन श्रेष्ठले घरेलु मैदान र वातावरणको अधिकतम फाइदा उठाउन विशेष रणनीतिसमेत बनाएको बताएका छन् ।
साफ अन्डर १९ उमेर समूहमा नेपाल सन् २०१८ र २०२३ मा उप-विजेता बनेको थियो । हालसम्म च्याम्पियन बन्न नसकेको नेपालले के यसपटक उपाधिको खडेरी तोड्न सफल होला ?
साढे १८ हजार दर्शक क्षमताको पोखरा रंगशालामा ५ पटकको च्याम्पियन बंगलादेश र १ पटकको विजेता भारतसहित नेपाल र भुटान प्रतिस्पर्धा गर्दै छन् । सिंगल राउण्ड रोबिनपछि शीर्ष २ टोली फाइनलमा भिडनेछन् । नेपालले उद्घाटन खेलमा सनिबार भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । माघ १९ गते भुटान र २१ गते डिफेन्डिङ बंगलादेशसाग प्रतिस्पर्धा गर्ने छ । के नेपाली टोली पहिलो पटक यस उमेर समूहको च्याम्पियन बन्न सफल होला ?