मन्त्रिपरिषद् बैठकमा के-के भए निर्णय ?

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठकमा के-के भए निर्णय ?

काठमाडौै । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जानुहुने भएको छ । बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । 

अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लाग्नु्भएको हो । बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.