
कास्की । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । आज पोखरा रंगशाला भलिबल कोर्टमा महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्न सफः रह्यो।
थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल भोली शुक्रबार हुनेछ ।
यसैगरी पुरुष तर्फ आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसन विरुद्ध सहज जित निकालेको छ । पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।
जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् ।
कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । अहिले पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ बिच भइरहेको छ । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् ।
माघ १७ गते सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिमको सहभागीता छ । प्रतियोगिताका महिला र पुरुष दुवै समूहका विजेताले समान नगद रु ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, दोस्रोले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तेस्रो हुने टोलीले नगद २ लाख ६ हजार ६ सय ६६ रुपैयाँका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद २६ हजार ६ सय ६६ नगदसहितशिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूले नगद ११ हजार ६ सय ६६ रुपैँयाँ प्राप्त गर्ने छ ।