‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेटकाे उद्घाटन खेलमा मोरङकाे विजयी सुरूवात

माघ १४, २०८२ |खेल ब्युरो
‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेटकाे उद्घाटन खेलमा मोरङकाे विजयी सुरूवात

विराटनगर । विराटनगरमा बुधबारदेखि सुरू ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मोरङले विजयी सुरूवात गरेको छ। 

मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका टिम सहभागी रहेको छ। 

प्रतियोगिताअन्तर्गत माघ १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ। प्रतियोगिताको फाइनल माघ १७ गते हुने आयोजकले जनाएको छ ।