
काठमाडौं । २१औं संस्करणको महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फराकिलो जित दर्ता गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई हराएको हो। खेलको निर्धारित समयमा आर्मीले ५४ अंक जोड्न सक्यो भने सुदूरले १९ अंक मात्रै बनाउन सक्यो।
मंगलबारनै भएको महिलातर्फको दोस्रो खेलमा मधेशले कोशी प्रदेशसँग ३५-२२ को हार ब्यहोरेको छ। विभागीय डर्बीमा भने नेपाल पुलिस क्लबले एपीएफसँग २५-२५ को बराबरी खेलेका छन्। प्रतियोगिताको पहिलो दिन सोमबार प्राविधिक कारणबस सबै खेल आयोजना हुन नसकेका कारण पहिलो दिनका खेल पनि मंगलबार आयोजना गरिएको थियो।