पुरूष कबड्डी प्रतियोगितामा एपीएफको सानदार जित

माघ १३, २०८२ |खेल ब्युरो
पुरूष कबड्डी प्रतियोगितामा एपीएफको सानदार जित

काठमाडौं । २५औं संस्करणको पुरूष कबड्डी प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले सानदार जित निकालेको छ।

मंगलबार भएको खेलमा उसले कोशी प्रदेशलाई सहजै हराएको हो। पहिलो हाफमा ३२-११ को अग्रता बनाएको एपीएफले ६०-२६ को जित दर्ता गरेको हो। अट्याकमा बलियो देखिएको एपीएफले कोशीको धेरै अवसरमा रक्षा गरेको थियो। 

एपीएफका पदम म्यान अफ दिन म्याच बने। मंगलबार बिहान भएको खेलमा भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ। पुलिसले ५४-३३ को जित निकालेर खेलमा बर्चस्व जमाएको थियो।

यसैगरी पुरूषतर्फको खेलमा पनि सुदूरपश्चिम प्रदेश कर्णालीसँग पराजित भएको छ। कर्णाली खेलमा ३८-३३ को सानो अन्तरले विजयी भएको हो।