शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्ना सूचना निकाल्न सर्वोच्चको अन्तरिम आदेश

शिक्षा नियमावलीविपरित भर्ना प्रक्रिया सञ्चालनमा रोक
चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्ना सूचना निकाल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। 

शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन भनेर अन्तरिम आदेश दिएको हो। कानुनका विद्यार्थी आयुष बडालले वार्षिक परीक्षा नसकिँदै विद्यालयहरूले भर्नाका लागि कार्यक्रमहरू राखेको र सूचना समेत प्रकाशन गरेको भन्दै अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

विभिन्न विद्यालयले प्रकाशित गरेका विद्यार्थी भर्नासम्बन्धी सूचनाहरू शिक्षा नियमावली अनुकूल रहेको नदेखिएकाले प्रमाणपत्र प्राप्त भएपछि तथा शैक्षिक सत्र सुरू भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्नु, गराउनु भनि सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

यसैबीच शिक्षा मन्त्रालयले शैक्षिक सत्र अगावै भर्ना लिने कार्य रोक्न स्थानीय निकायले कडाइका साथ अनुगमन गरी नियन्त्रण गर्नुपर्ने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.