
काठमाडौं । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसक्दा चार पटकको विश्व च्याम्पियन इटाली फुटबलको गौरवशाली इतिहास अहिले ओझेलमा परेको छ ।
बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा बेहोरेको हारले इटालियन फुटबलको सुनौलो युग सकिएको संकेत गरेको छ । बोज-म्यान रुलिङ, क्लबहरुको वित्तीय संकट, घट्दो युवा उत्पादन र 'सिरि आ'को खस्कँदो आकर्षणले इटालीको फुटबल संरचना कमजोर बनाएको हो ।
इटालीयन फुटबलको खस्कादो प्रदर्शनले रोम रोइरहेको छ । मिलान क्रोधित बनेको छ । नापोली पीडामा छ । चार पटकको विश्व च्याम्पियन इटालीको गौरवशाली फुटबल विरासत बिलिनो पोल्जे स्टेडियममा स्तब्ध बन्यो । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा हार बेहोरेपछि इटालीको फिफा विश्वकप २०२६ मा पुग्ने सबै सम्भावना समाप्त भएको हो ।
यसअघि पनि इटालीले २०१८ र २०२२ विश्वकप गुमाइसकेको थियो । कुनै पनि पूर्व विजेता टोली लगातार तीन विश्वकपमा छनोट हुन नसकेको यो पहिलो पटक हो । १९३४, १९३८ १९८२ र २००६ को च्याम्पियनका लागि लगातार तेस्रो पटक विश्वकपको ढोका बन्द हुादा, इटालीले आफ्नो गौरव जोगाउने अन्तिम अवसर सदुपयोग गर्न सकेन ।
यस हारले इटालीयन फुटबलको आत्मामा चोट लागेको छ । मैदानमा उभिएका मुख्य प्रशिक्षक जेनारो गाट्टुसो कठोर अनुहारमा पीडा लुकाउँदै आफ्ना खेलाडीलाई सान्त्वना दिँदै थिए । कोही जर्सीले अनुहार छोपेर रूँदै थिए, कोही मैदानमै स्तब्ध भएर उभिएका थिए । गातुसो जसले खेलाडीका रुपमा २००६ को विश्वकप जितेका थिए, आज आफ्नै पीडा लुकाउनु पर्ने अवस्थामा पुगेका छन् ।
२००६ मा फ्रेन्सलाई हराउँदै चौथो विश्वकप जित्दा इटालीसँग इतिहासकै उत्कृष्ट टोली थियो । उक्त सफलताको बीउ १९९२ देखि १९९६ बीच चेसारे माल्डिनीले रोपेका थिए । उनको यू-२१ टोलीले तीन युरोपियन च्याम्पियनसिप जितेको थियो । तर, १९९५ को बोज्म्यान रुलिङले सम्पूर्ण खेल संरचना परिवर्तन गरिदियो ।
विदेशी खेलाडीहरूको बाढीले युवा इटालियन प्रतिभालाई अवसरबाट वञ्चित गर्यो । क्लब एकेडेमीहरूले पर्याप्त प्रतिभा उत्पादन गर्न सकेनन् । युरोपियन फुटबल विश्लेषक जुलियन लरेन्सको शब्दमा इटालियन क्लबहरूको पैसा खर्च गर्ने तरिका र युवा प्रतिभा विकास गर्ने मोडेल दुवै पुरानो भइसकेको छ ।
आर्थिक संकटले घाउ अझ गहिरो बनायो । डेलोइटको शीर्ष आम्दानी गर्ने क्लबहरुको सूचीमा इटालीका कुनै ठूला क्लब परेनन् । प्रिमियर लिगको विशाल टेलिभिजन डिल र अन्य युरोपेली लगानीसँग तुलना गर्दा, इटालियन फुटबल पछाडि छ । पुराना स्टेडियम, घट्दो व्यावसायिक आम्दानी र लगातार घाटाले क्लबहरूलाई कमजोर बनाइरहेको छ ।
पूर्व फरवार्ड पियरोका अनुसार समस्या केवल मैदानमा नभए स्टेडियम र प्रतिभा उत्पादन प्रणालीमा पनि छ । इटालीको व्यावसायिक लिग 'सिरी आ' खस्कँदै गएको छ । पछिल्लो २९ वर्षमा केवल एक पटक इटालियन क्लबले च्याम्पियन्स लिग जितेको छ ।
विश्वका उत्कृष्ट खेलाडीहरू अब एसी मिलान, युभेन्टस वा रोमामा आउFदैनन् । क्लबहरू सेमी-रिटायर्ड स्टारहरूको बासस्थान बनेका छन् । युवा खेलाडीहरू अब 'सिरिए आ'लाई करियर निमार्णको थलो मान्दैनन् । उनीहरू पोर्चुगल र जर्मनीतिर लाग्छन् ।
वर्तमान लयले इटाली फुटबललाई कठिन अवस्थामा पुर्याएको छ । उसका लगि अब त्यो भूमरीबाट बाहिर निस्कनु आवश्यक छ । नयाF संरचना, युवा प्रतिभाको खोजी, स्टेडियमको आधुनिकीकरण, र सिरिए आ' लाई फेरि आकर्षक बनाउन सके इटालीले आफ्नो पुरानो गौरव फर्काउन सक्छ ।