सुर्खेतमा आज बिहानदेखि बन्द‌ रहेको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतमा आज बिहानदेखि बन्द‌ रहेको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा

सुर्खेत । जिल्लामा शुक्रबार बिहानदेखि बन्द‌ रहेको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छन्।

जिल्ला प्रशासन र यातायात‌ व्यवसायीबीच भएको दशबुँदे सहमतिपछि यातायात‌ सञ्चालन भएको हो । प्रशासन र यातायात व्यवसायीबीच तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने लगायतका दश बुँदे सहमति भएको हो ।

प्रहरीले यातायात मजदुरहरूलाई धरपकड तथा पक्राउ गरेको र रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्नबाट नरोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायात बन्द गराएका थिए ।

यस्ताे छ दश बुँदे सहमति

१. सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने।

२. यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने।

३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।

४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।

५. तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने।

६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।

७. सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।

८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर (modify) गर्न नपाइने।

९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।

१०. यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.