खराब फिल्डिङ हारको बाधक : सीता रानामगर

माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
खराब फिल्डिङ हारको बाधक : सीता रानामगर

काठमाडौै ।  नेपालकी सीता रानामगरले खराब फिल्डिङ र ब्याटिङमा साझेदारी बन्न नसक्दा आइसिसी महिला टी विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग फराकिलो हार सामना गर्नु परेको बताउनुभएको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपाल सोमवार स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भयो । यससँगै नेपालकी अनुभवी खेलाडी सीताले फिल्डिङमा लगातार गल्ती गर्दा स्कटल्यान्डलाई सामान्य योगफलमा रोक्न असफल भएको बताउनुभयो । 

यो पिचमा १२० रनको लक्ष्य धेरै कम रहेको उल्लेख गर्दै कम योगफलमा रोक्ने देखिए पनि फिल्डिङमा गल्ती भएको उहाँको भनाइ छ । फिल्डरले नै लगातार ३/४ वटा चौका रोक्न असफल भएको उहाँले बताउनुभयो । पूजा महतो आउट भएपछि नै कप्तान इन्दु बर्मा घाइते हुनु र आफ्नो विकेट पनि पतन हुँदा खेलले टर्निङ पोइन्ट बनेको मगरले बताउनुभयो ।

पूजा र इन्दु बाहिरिएपछि आफूहरूले इनिङ समाल्न नसकेको र सिनियर खेलाडीले साझेदारी बनाउन नसकेको सीताको भनाइ छ । सीताले लक्ष्य ठूलो भएपछि छिटै चेज गर्ने उद्देश्य रहेकाले पनि दबाब भएको बताउनुभयो । 

सुपर सिक्समा पुग्न नसके पनि समग्रमा छनोट राम्रो बनेको उनको भनाइ छ । जिम्बाब्वे जस्तो टिमलाई हराउनु पनि सुखद पक्ष रहेको उहाँको भनाइ छ । यो टिमसँग अझै आफ्नो करियर अगाढि बढ्ने सीताको विश्वास छ । छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक हर्षल पाठक पनि ढिलो आउँदा तयारी अझै राम्रो हुन नसकेको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.