बालेन्द्र शाह र हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्र शाह र हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

काठमाडौं । राजनीतिक दलहरुको निर्वाचन अभियान बाक्लिँदै जाँदा आचारसंहिता उल्लंघनका उजुरी पनि बढ्न थालेका छन् ।

झापा ५ का राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार बालेन्द्र शाह र सुनसरी १ श्रम संस्कृति पार्टी उम्मेदवार हर्क साम्पाङविरुद्द निर्वाचन आयोगमा उजुरी परेको छ । दुवै जनाविरुद्ध आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी परेको हो । 

बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७६ जना बच्चाको हत्यारा भन्दै मानहानी र प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति दिएको भन्दै छानबिन गरी कारबाहीको माग गर्दै उजुरी परेको हो । कुनै पनि उम्मेदवारविरुद्द गलत र भ्रमपूर्ण अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै उजुरी दिइएको हो । 

 त्यसैगरी सुनसरी १ का उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी परेको छ । आयोगले दुवै उजुरीमाथि छानविन गरिरहेको र उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.