
काठमाडौै । महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको समूहचरणबाटै नेपाल बाहिरिएको छ । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा आज भएको खेलमा स्कटल्यान्डले नेपाललाई ७२ रनले पराजित गरेको हो ।
१ सय ४१ रनको लक्ष्य पाएको नेपालले जित्नै पर्ने खेलमा १३.५ ओभरमा ९ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो । ब्याटिङका क्रममा ५ रन बनाउँदा घाइते भएर क्रिज छाडेकी कप्तान इन्दु बर्मा पुनः ब्याटिङमा फर्किनन् ।
नेपालले ४ खेलमा १ खेलमा जित्न सफल रहन सक्यो । नेदरल्यान्ड र स्कटल्यान्ड ६–६ अंक तथा थाइल्यान्ड ४ अंकसहित समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गरेका छन् । जिम्बाब्वे भने सबै चार खेलमा पराजित भयो ।