प्रतिनिधिसभा निर्वाचन : ३८ दिन बाँकी हुँदा दलीय गतिविधि बढ्यो

माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचन : ३८ दिन बाँकी हुँदा दलीय गतिविधि बढ्यो

काठमाडौै । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका लागि ३८ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै दलहरुले गतिविधि बढाएका छन् भने आयोगले पनि आप्नो कामलाई तिब्रता दिएको छ ।

निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । 

केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभयो । उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिनुभयो । 

मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गर्नुभयो । 

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । 

सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

यसैबीच संघीय मामिला मन्त्रालयले निर्वाचन आचार संहिता लागू गर्न सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.