फिफाले पहिलो महिला च्याम्पियन्स कपको विजेतालाई २३ लाख डलर पुरस्कार दिने

माघ १०, २०८२ |खेल ब्युरो
फिफाले पहिलो महिला च्याम्पियन्स कपको विजेतालाई २३ लाख डलर पुरस्कार दिने

काठमाडौं । फिफाले पहिलो महिला च्याम्पियन्स कपको विजेतालाई २३ लाख डलर पुरस्कार दिने भएको छ ।

फिफाद्वारा घोषित ३९ लाख डलर धनराशी कुल ६ महादेशका च्याम्पियनबीच बाँडिनेछ । लन्डनमा हुने यो फाइनल सन २०२८ मा हुने महिला क्लब विश्वकपको तयारी हो । सेमीफाइनलमा युरोपियन विजेता आर्सनलले मरक्कोको आसफारसँग प्रतिस्पर्धा गर्दैछ । 

यस्तै अमेरिकाको गोथामले ब्राजिलको कुरिन-थियन्सको सामना गर्नेछ । फाइनल खेल फेब्रुअरी १ मा आर्सनलको मैदानमा हुनेछ । तेस्रो स्थानको खेल पनि यही मैदानमा सञ्चालन हुनेछ । उपविजेता हुने टिमले दश लाख डलर प्राप्त गर्नेछ ।सेमीफाइनलमा पराजित हुने टिमलाई २ लाख डलर पुरस्कार प्रदान गरिने फिफाले जनाएको छ । 

अन्य दुई महादेशका विजेता भने यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेका छन् । ओसियानाको अक्ल्यान्ड युनाइटेड र एसियाको हुवान चेगु झियान्डा दुवैले समान १ लाख डलर प्राप्त गर्नेछन् ।