राष्ट्रिय लिग : सातदोबाटो युथ क्ल्बकाे पहिलो जित

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय लिग : सातदोबाटो युथ क्ल्बकाे पहिलो जित

काठमाडौं । राष्ट्रिय लिगमै सातदोबाटो युथ क्ल्बले पनि पहिलो जित हात पारेको छ । 

दशरथ रंगाशालामा शुक्रबार भएको खेलमा सातदोबाटाले मनाङ मर्स्याङदी क्लबविरूद्ध १-० गोल अन्तरको कठिन जित हात पारेको हो । सातदोबाटोको जितमा फोडे फोफानाको गोल निर्णायक बन्यो । 

२४औं मिनेटमा सातदोबाटोका एक्स हाङ लिम्बुको हेडर मनाङ मर्स्याङदीका गोल रक्षक विशाल केसीले उत्कृष्ट बचाउ गरे । ३२औं मिनेटमा समिर तामाङको प्रहार पनी विशाललेनै विफल पारे । पहिलो हाफको अन्त्यतिर फोफानाको हेडरमा पुनः विशालनै वाधक बनेपछि मध्यान्तरसम्म दुवै टिमले गोलरहित बराबरी खेले ।

बालगोपाल साहुको टोलीले दोस्रो हाफमा झन प्रभावशाली खेल पस्कियो । ६१औं मिनेटमा जगजित श्रेष्ठको क्रसमा फोफानाले हेडर गोल गर्दै डेडलक टोडे । फोफानाको गोलनै निर्णायक बनेपछि सातदोबाटोले जितको खाता खोलेको हो । पहिलो खेलमा संकटा क्लबसँग बरबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा एनआरटी क्ल्बसँग पराजित भएको थियो । 

मनाङ भने जारी लिगमा जितविहीन छ । अब सातदोबाटोले सोमबार प्लानिङ ब्वाइजसँग खेल्नेछ भने मनाङले सोही दिन काँक्रेविहारको सामना गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.