भन्सार दिवसमा आयोजित चार किमि दौडमा रूपेश कार्की र लक्ष्मी खड्का विजयी

माघ १०, २०८२ |खेल ब्युरो
भन्सार दिवसमा आयोजित चार किमि दौडमा रूपेश कार्की र लक्ष्मी खड्का विजयी

काठमाडौं । भन्सार दिवसमा आयोजित चार किमि दौडमा पुरूषतर्फ सशस्त्र प्रहरीका रूपेश कार्की र महिलातर्फ नेपाली सेनाका लक्ष्मी खड्का विजयी भएका छन्। 

शनिबार बिहान काठमाडौंमा आयोजित प्रतियोगितामा कार्की र खड्का च्याम्पियन बनेका हुन्। ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तिनकुने, हुँदै त्रिवि भन्सार कार्यालयसम्म दौड प्रतियोगिता थियो।

प्रतियोगितामा पुरूषतर्फ सशस्त्र प्रहरीका रूपेश कार्कीले १५ दशमलव ३१ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे भने नेपाली सेनाका राजीव कुमार नेपाललले १८ दशमलव २० मिनेटमा दूरी पार गर्दे दोश्रो तथा आर्मी संजीव माझीले १८ दशमलव २२ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ नेपाली सेनाका लक्ष्मी खड्काले २२ दशमलव २९ मा निर्धारित दूरी पार गर्दै प्रथम तथा सशस्त्र प्रहरीका तारा कुमारी गीरीले २३ दशमलव २५ मा दूरी पार गर्दै दोश्रो तथा एपीएफकै रिता खड्काले २५ दशमलव ०२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासील गरिन् । 

विजयी प्रतियोगीहरूलाई यही माघ १२ गते, २६ जनवरी, अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा हुने विशेष समारोहमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले जानकारी दिनुभयो । पुरस्कारको राशी प्रथम रू १५ हजार , दोश्रो १५ हजार र तेस्रो हुनेलाई रू १० हजार प्रदान गरिने आयोकले जानकारी दिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फरवार्डरस एसोसिएसन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघ काठमाडौंसहित १५० जना प्रतियोगीहरूको सहभागिता थियो।