
डोल्पा । डोल्पालगायत हिमाली भेकमा हिमपात भएको छ ।
जिल्लाभर शुक्रबार राति परेको भारी हिमपातले जनजिवन कष्टकर हुनुको साथै पशु-बस्तुहरूमा समेत असर परेको छ । माथिल्लो डोल्पाको शे फोक्सुन्डो, डोल्पो बुद्ध, छार्काताङ्सोङ्ग मुड्केचुला, जगदुल्ला, त्रिपुरापुरासुन्दरी, ठुलिभेरि लगायत जिल्लाभर हिमपात भएको हो ।
हिमपाससँगै अत्यधिक जाडो बढेको स्थानीय लिलराज रोकायाले बताउनु भएको छ । हिमपात भएसँगै माथिल्लो डोल्पाका तीन स्थानीय तह डोल्पो बुद्ध, शे फोक्सुन्डो र छार्काताङ्गसोङ्ग गाउँपालिका भित्रका २३ वटा मतदान केन्द्रमा अत्याधिक हिमपात भएर बाटो समेत अवरद्ध भएकोले जान नसकिने अवस्था छ ।
निर्वाचनका लागि हेलिकप्टर प्रयोग बिना निर्वाचन असम्भव हुन नसक्ने शे फोक्सुन्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्धुक गुरूङ्गले बताउनु भएको छ ।