टाइगर कपमा महिलामतर्फ त्रिभुवन आर्मी क्लबविरूद्ध टिपटप न्यू डायमण्डको जित

माघ ९, २०८२ |खेल ब्युरो
टाइगर कपमा महिलामतर्फ त्रिभुवन आर्मी क्लबविरूद्ध टिपटप न्यू डायमण्डको जित

काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरू भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरूष भलिबल प्रतियोगितामा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले विजयी सुरूआत गरेको छ ।

शुक्रबार बिहान पोखरा रंगशाला भलिबल कोर्टमा भएको महिलातर्फको पहिलो खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । जितसँगै डायमण्डले ३ अंक जोडेको छ । 

खेलमा न्यू डायमण्डले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-०८ को सहज जित निकाल्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर प्लेयर अफ द म्याच घोषित भइन् ।