
अर्घाखाँची । अर्घाखाँचीमा सम्पन्न नगरस्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशंकर बोर्डिङ स्कुलले हात पारेको छ ।
विभिन्न खेल विधामा १२ स्वर्ण ५ रजत र चार कास्य गरी कुल २१ पदकसहित उत्कृष्ट प्रदर्शन गर्दै गौरीशंकर बोर्डिङले सबैभन्दा बढी पदक जित्न सफल भएको हो ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो।