टाइगर कप भलिबल : पुरूषतर्फ आर्मी क्लबकाे विजयी सुरूआत

माघ ९, २०८२ |खेल ब्युरो
टाइगर कप भलिबल : पुरूषतर्फ आर्मी क्लबकाे विजयी सुरूआत

काठमाडौं । टाइगर कप भलिबल अन्तर्गत पुरूषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरूवात गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनविरूद्ध सोझो सेटको नतिजा हात पारेको हो । पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-१० को सहज जित हात पार्यो ।

३ सेटको जितसँगै आर्मीले ३ अंक जोडेको छ । विदेशी टोली माल्दिभ्स भने हारसहित प्रतियोगिता सुरूआत गर्न बाध्य भयो । आर्मीका सुशिल बोहरा 'टाइगर अफ द म्याच' घोषित भए ।