
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनाङमा उम्मेदवारी दिएका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएको बताउनुभयो । मनाङमा पाँच जनाको उम्मेदवारी परेकोमा दुई जनाको उम्मेदवारी फिर्ता लिएको निर्णय भएमा तीन जनाको उम्मेदवारी कायम हुनेछ।
हालसम्म कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले मनोनयन कायम रहेको सहायक निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिनुभयो ।