
काठमाडौं । कठिन जित निकाल्दै अरिना सबलेङ्का अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन्।
उनले शुक्रबार बिहान रोड लेभर एरिनामा भएको खेलमा अनास्थासिया पोतापोवालाई दुई सेटमा हराइन्। उनले जित निकाले पनि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पहिलो सेट ७-६ को स्कोरसँगै टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सबलेङ्का ७-४ ले च्याम्पियन बनिन्।
दोस्रो सेट पनि टाइब्रेकरमा जित्दै उनले चौथो चरणमा स्थान सुरक्षित गरेकी हुन्। सबलेङ्काले पहिलो सर्भमा ६० र दोस्रो सर्भमा ७१ प्रतिशत स्कोर हाासिल गरेकी थिइन्। उनले ८ मध्ये चार ब्रेक पोइन्ट बचाइन्। सबलेङ्काले ९५ अंक जित्दा अनास्थाले पनि ८२ अंक जितेकी थिइन्।
अब उनले चौथो चरणमा क्यानडाकी भिक्टोरिया एमबुकोको सामना गर्नेछन्। भिक्टोरियाले आजै बिहान डेनमार्ककी क्लाटा टाउसनलाई २-१ को सेटमा हराएकी थिइन्।