नागरिकको लागि सरकार छ भन्ने महशुस गराउँछौँ : उपसभापति अर्याल

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिकको लागि सरकार छ भन्ने महशुस गराउँछौँ : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिनुभएको छ ।

पार्टीकी काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु दर्शना न्यौपानेलाई बधाइ ज्ञापन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उहाँले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.