
कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वापाको अग्रता दोब्बर मतले अगाडि रहेको छ ।
अहिलेसम्म भएको ७ हजार ९ यस १६ मतगणनाअनुसार रास्वपाका आनन्दबहादुर चन्द ३ हजार ९ सय ४४ मतसहित अग्रस्थानमा हुनुहुन्छ। नेपाली कांग्रेसका नरनारायण शाह भारी-मतान्तरले पछाडि हुनुहुन्छ । शाहले अहिलेसम्म १ हजार ४ सय ७५ मत प्राप्त गर्नुभएकाे छ।
नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले ८ सय ४६ मत प्राप्त गर्दा नेकपाका प्रेमबहादुर आलेले ७ सय ८७ मत प्राप्त गर्नुभएकाे छ। यस्तै राप्रपाका रोशन शाहीले २ सय २३ मत, स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १०७ र चकिया चुनाव चिन्ह रहेको नागरिक उन्मुक्ति पार्टीले ६३ मत प्राप्त गरेको छ।