महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश

नेपालको लगातार दोस्रो हार
माघ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश

काठमाडौै । नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २ रनले पराजित गरी प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल भएको हो । 

त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले  निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाई १ सय ३८ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा नेपाललाई विजयका लागि १३ रन आवश्यक रहेपनि पूरा हुन सकेन् ।  नेपालले ११ रन मात्र बनाउँदा पराजित हुन पुग्यो । 

रुविनाले ३२ बलमा अविजित ३७ रन बनाउन सफल भइन् ।  उनी नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले नेपालबाट १ हजार रन बनाइसकेकी छन् । रुविनाले आफ्नो इनिङ्सका क्रममा ५ चौका प्रहार गरिन् ।

सीता १२ बलमा २७ रन बनाई अविजित रहिन् । उनले १२ बल खेली ४ चौका र १ छक्का प्रहार गरिन् । नेपालको यो लगातार दोस्रो हार हो ।

नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर

लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ । कीर्तिपुरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बिहीबार नेदरल्यान्ड्सँग २ रनको साँघुरो अन्तरले पराजित हुन पुग्यो । कुल १० टोली सहभागी छनोटमा दुई समूहका शिर्ष तीन राष्ट्र सुपर सिक्समा पुग्ने प्रावधान छ । 

समूह ‘बी’ मा रहेको नेपालले लगातार दोस्रो हार व्यहोरेपछि सुपर सिक्सको सम्भावना कमजोर भएको हो । अब नेपालले समूहका बाँकी दुई खेल जित्नुपर्ने हुन्छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि हार बेहोरेपछि नेपालको सम्भावना कमजोर भएको हो । 

अब नेपालले समूहको दुई खेलमा आगामी जनवरी २४ तारिखमा जिम्बाबे र जनवरी २६ तारिखमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । यी खेलमा जित निकाल्नसके मात्र नेपाली महिला टोलीको विश्वकप खेल्ने यात्रा जीवन्त रहनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.