
काठमाडौं । राष्ट्रिय लिगमा मंगलबार भएको प्लानिङग बोइज यूनाइटेड र त्रिभुवन आर्मी क्लब बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
एन्फा मुख्यालय, सातदोबाटोमा खेलभरी दुवै टिमले गोल गर्न नसकेपछि आर्मी र प्लानिङले अंक बाँडेका हुन्। बाल गोपाल महर्जनको टोली खेलमा हाबी भए पनि पाएको मौकाको सदुपयोग गर्न सकेन। दुवै टोलीका लागी यो पहिलो बराबरी हो। प्लानीङले आफ्नो पहिलो खेलमा नेपाल पुलीस क्लबलाई हराएको थियो भने, आर्मीले मछिन्द्र विरूद्ध ५-०को फराकीलो जित दर्ता गरेको थियो।
मंगलबार भएको अर्को खेलमा भने नेपाल पुलिस क्लबले चित्लाङ फुटबल क्लबसँग एक-एक गोलको बराबरी खेलेको छ। खेलको पहिलो हाफमा माथि उ बाबातुन्डेले गोल गरेर चित्लाङलाई अग्रता दिलाएका थिए। त्यसैगरी, निर्धारित समयको तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा लछुमन राना मगरले आत्मघाती गोल गरेपछि पुलिस क्लब हारबाट जोगिएको हो।