विश्वकपको तयारी खेलमा नेपाल श्रीलंका 'ए' सँग पराजित

माघ ६, २०८२ |खेल ब्युरो
विश्वकपको तयारी खेलमा नेपाल श्रीलंका 'ए' सँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले विश्वकपको तयारी खेलमा श्रलिंका 'ए'सँग ६ विकेटको हार बेहोरेको छ।

मंगलबार सम्पन्न अभ्यास सिरिजको पहिलो खेलमा नेपाल श्रीलंका 'ए'विरूद्ध ६ विकेटले पराजित भएको हो। कोलोम्बोस्थित कोल्ट्स क्रिकेट क्लबमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो। 

नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८५ रनको योगफल बनायो। नेपालका लागि आसीफ सेखले अर्धशतक बनाएका थिए। जवाफमा श्रीलंकाले १८ ओभरमा ४ विकेट गुमाउँदै एक सय ४९ रन बनाएर लक्ष्य पुरा गरेको हो। 

अब नेपालले आफ्नो दोस्रो तयारी खेलमा बिहीबार पुन: श्रीलंकाको सामना गर्नेछ। अभ्यास सिरिजको अन्तिम खेल जनवरी २४ मा हुनेछ। नेपालले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो।