काठमाडौं । निर्वाचन आयोगका अनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि ३४ सयभन्दा बढीको उम्मेदवारी पर्दा महिलाको संख्या जम्मा ३ सय ९२ मात्र छ ।
जुन कूल उम्मेदवारको ११ प्रतिशतभन्दा केही बढीमात्र हो । समानुपातिकमार्फत ३३ प्रतिशत सहभागिता पुर्याए पनि राजनीतिक दलहरूले प्रत्यक्षतर्फ भने महिलालाई टिकट दिन कन्जुस्याइँ गरेको पाइएको छ । ठूला हुन् या साना, दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकटमा प्राथमिकता राखेका छैनन् ।
नेपाली कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये यसपटक ११ जना महिलालाई मात्र टिकट दिएको छ भने नेकपाले ९ महिलालाई मात्र उम्मेदवार बनाएको छ । नेकपा एमालेले पनि एक दर्जन पनि उम्मेदवार उठाएको छैन । महिला उम्मेदवारले भन्ने विशेष रुपमा महिला हकहित उत्थानसँगै शिक्षा स्वास्थ्य जस्ता विषयमा पहुँच सुनिश्चित गर्न प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा ९ महिला उम्मेदवारमात्र विजयी भएका थिए । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा महिला आदिवासी जनजाति, मधेसी दलित अपाङ्गता भएका व्यक्तिलगायत जनसङ्ख्याका आधारमा प्रतिनिधि सभा निश्चित प्रतिशत सदस्यमा हुनुपर्ने प्रावधान छ ।