.png&w=1000&height=550)
काठमाडौं । तीन-शून्य गोलको अग्रता जोगाउन नसक्दा नेपालले साफ फुटसल च्याम्पियनसिपमा दोस्रो बराबरी खेलेको छ ।
मंगलबार थाइल्यान्डको नोथनबुरी रंगशालमा भएको खेलमा नेपालले पाकिस्तानसँग ४-४ को बराबरी खेल्दै अंक बाँडेको हो। मंगलबारको खेलमा नेपालको कुनै समय ३-० को अग्रता बनाएको थियो। खेलको पहिलो मिनेटमा बिक्रन्त नरसिंह रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विजय श्रेष्ठको किक-इनमा विक्रान्तले साइडलाइनको नजिकैबाट प्रहार गरेको बल दोस्रो कर्नरमा गोल भएको हो।
पहिलो हाफको दुई मिनेट मात्रै बाँकी रहँदा रिबाउन्ड बल पाकिस्तानी गोलकिपरले रक्षा गर्न नसक्दा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गरे। दोस्रो हाफमा नेपालले राम्रो सुरूआत गरे पनि फरक रणनीतिसाथ मैदान फर्किएको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्यो।
२४औं मिनेटमा पाकिसतानी आलाको खराब टचको फाइदा उठाउँदै जेनिस प्रजापतिले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे। तर त्यसको अर्को मिनेटमा पाकिस्तानका लागि मिसार हुसेनले गोल फर्काएका थिए। यता नेपालकालागि ३३औं मिनेटमा सुरज गुरुङले गोल गरेर स्कोर ४-१ मा पुर्याएका थिए।
यसपटक पनि विजयले नै पास निकादिएका थिए। त्यसपछि आक्रामक देखिएको पाकिस्तानले लगातार गोल गर्यो। एक मिनेटपछि निशार हुसेन अग्रता घटाएका थिए। अन्तिममा अट्याकमा सुधार गरेको पाकिस्तानले खेलको ६ मिनेट बाँकी रहँदा तेस्रो र दुई मिनेट बाँकी रहँदा चौथो गोल गरे खेललाई ४-४ को बराबरीमा समाप्त गरेको हो।
यससँगै नेपालले तेस्रो खेलमा एक जित र दुई बराबरी खेलेको छ। यसअघि नेपालले श्रीलंकालाई हराएको थियो भने भारतसाग बराबरीमा रोकिएको थियो।