
विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगितामा इलाइट क्रिकेट क्लब विजयी भएको छ ।
मंगलबारको खेलमा इलाइटले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ । यसअघि इलाइट १ खेलमा पराजित भएको थियो । इलाइट समूह ‘ए’ मा २ अंकका साथ तेस्रो स्थान छ भने विराट क्रिकेट एकेडेमी शीर्ष स्थान र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी दोस्रो स्थानमा छ ।
तीन वटै टोलीको समान २-२ अंक भए पनि नेट रन रेटका आधारमा उनीहरू पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।