
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालीगुँरास एसोसीएसन क्लबले लगातार दोस्रो जित हात पारेको छ।
सोतबाटोको एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा लालीगुँरासले नव जनजागृति युवा क्लबविरुद्ध ४-१ को जित हात पर्यो । लालीगुँरासको जितमा आशिष गुरुङले दुई गोल गरे। यसैगरी, अब्दुल युसुफ हाउले र अकोएटे जुनियर दोनउले समान १-१ गोलको योगदान दिए।
पहिलो हाफमा १ गोलमात्र गरेको लालीगुारासले दोस्रो हाफमा ३ गोल थप्यो। खेलको २६औं मिनेटमा अब्दुल युसुफ हाउलेले गोल गर्दै लालीगुारासलाई अग्रता दिलाए। जागृतिले पहिलो हाफमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। पहिलो हाफ १-० को अग्रता राखेको किरण श्रेष्ठको टिमले दोस्रो हाफमा अझ प्रभावशाली प्रर्दशन गर्यो।
सब्सटिच्युट स्ट्राइकर आशिष खेलको सुपर सब सावित भए। लालीगुँरासले ५५औं मिनेटमा आशिषमार्फत गोल गर्दै अग्रता दोब्बर बनायो। आशिषले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। निर्धारित समयको एक मिनेट मात्रै बाँकी रहँदा दोनउले बक्सको बाहिरिबाट गरेको प्रहारमा गोलकिपर तापरेज मिया निरिह बने।
इन्जुरी समयको पहीलो मिनेटमा उमेश संन्जेलले जागृतिको लाति सान्त्वना गोल फर्काए। जितसँगै लालीगुँरासले दोस्रो खेलमा पनि ३ अंक जोडेको छ । पहिलो खेलमा उसले जावलाखेल युथ क्लबलाई हराएको थियो। लालीगुँरासले आफ्नो तेस्रो खेलमा शुक्रबार नेपाल पुलिस क्लबको सामना गर्ने छ भने जागृतिले पनि सोही दिन श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
जागृति तेस्रो खेलमा पनि पहिलो जितको खोजिमा हुनेछ। उ पहिलो खेलमा चित्लाङसँग पराजित भएको थियो।