साफ फुटसल च्याम्पियनसिप : नेपाल र भारतले बराबरी खेल्दै अंक बाँडे

माघ ४, २०८२ |खेल ब्युरो
साफ फुटसल च्याम्पियनसिप : नेपाल र भारतले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपको रामाञ्चक खेलमा नेपाल र भारतले बराबरी खेल्दै अंक बाँडेका छन् । 

थाइल्यान्डको बैङकस्थित नोथानबुरी रंगशालामा दुबै टिमले ३-३ गोलको बराबरी खेले । प्रतियोगितामा लागातार दोस्रो जित नजिक पुगे पनि अन्तिम सेकेन्डमा गोल बेहोर्दा नेपाल अंक बाँड्न बाध्य भयो । खेलको छैंटौं मिनेटमा अमित लामाको पासलाई बिक्रान्त नरसिंह रानाले गोलमा परिणत गरेपछि नेपालले सुरूवाती अग्रता बनाएको थियो । तर केहीबेरमै भारतले इक्कोलाइजर गोल फर्कायो । 

उसका लागि अनमोल अधिकारीको असिस्टमा लारीन्जुवालाले बराबरी गोल गरेका हुन् । त्यसपछि दुबै टिमले गोल गर्ने पर्याप्त अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-१ को बराबरीमा टुङगियो । दोस्रो हाफमा भने भारतले सुधारिएको खेल पस्कियो । तर २५औं मिनेटमा अमीत लामाले गोल गरेपछि नेपालले खेलमा पुन: अग्रता बनायो । 

अन्त्यतिर खेल निकै प्रतिस्पर्धात्मक रोमाञ्चक बन्यो । ३८औं मिनेटमा अनमोल अधिकारीले भारतका लागि बराबरी गोल गरे । त्यसको २ मिनेटपछि कप्तान विजय श्रेष्ठले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल थपेपछि नेपालले पुन: खेलमा अग्रता बनायो । तर नेपालको खुसी लामो समय टिक्न सकेन । ११ सेकेन्ड बाँकी रहँदा नेपालका सरोज तामाङले रातो रार्ड पाएपछि नेपाल ४ खेलाडीमा सीमित भएको थियो । 

 रातोकार्ड पाएको केही सेकेन्डपछि भारतका कप्तान निखील राजेद्र मालीले बराबरी गोल फर्काए । भारतका लागि यो प्रतियोगिताको दोस्रो बराबरी हो । यस अघि उ बङलादेश सँग ४-४ को बराबरीमा रोकिएको थियो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २-१ ले पराजित गरेको थियो । बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । भारतको २ अंक रहेको छ । अब नेपालले मंगलबार पाकिस्तानको सामना गर्नेछ ।