दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईंलाई पोखरा विमानस्थलबाट काठमाडौं पठाइयो
माघ ५, २०८२ |भुपाल गुरुङ
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पाेखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रअनुसार कास्की प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको हो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पोखरा आएका थिए । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका प्रसाईंले पैसा लगानी गरेर सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको आरोप छ । 

प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचारसमेत गरेको थियो । पटक-पटक पक्राउ पर्दै छुट्दै गरेका प्रसाईंलाई काठमाडौं पठाइएकाे छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।