
धनकुटा । धनकुटा हात्तीखर्कका खेल प्रेमी युवाहरूले चन्दा संकलनबाट खेल मैदानका लागि जग्गा खरिद गरेका छन् ।
छथरजोरपाटी-१ हात्तीखर्कका युवाले २३ लाख ५० हजार रूपैयाँ चन्दा संकलन गरी टारीमा खेलमैदानका लागि साढे ६ रोपनी जग्गा खरिद गरेका हुन् । खेल पूर्वाधार अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनादेखि सहयोग संकलन अभियान चलाएका थिए ।
टारीमेला खेलकुद विकास समिति दर्ता गरी सङ्कलित रकमबाट जग्गा खरिद गरिएको हो ।