चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ देखि

पुस २९, २०८२ |खेल ब्युरो
चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ देखि

काठमाडौं । नखिपोट युवा क्लबले नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सहआयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

माघ १४ देखि हुने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष डबल्स 'ए' डिभिजन र 'बी' डिभिजन, यू-१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरूष डबल्समा प्रतिस्पर्धा हुनेछ । 

पुरूष डबल्स 'ए' मा शीर्ष २० वरीयताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन संघसँग छलफल गरी पुरूष डबल्स 'बी' क्याटागोरीमा सहभागी हुन पाउने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरीयता बाहेकका खेलाडीलाई अवसर दिइने छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रूपैयाँ रहेको छ।