एभरेस्ट कप छात्रा भलिबल बुटवलमा सुरू, न्यु होराइजन र आयोजक एभरेस्ट मावि विजयी

पुस २८, २०८२ |खेल ब्युरो
एभरेस्ट कप छात्रा भलिबल बुटवलमा सुरू, न्यु होराइजन र आयोजक एभरेस्ट मावि विजयी

रूपन्देही । एघारौं रूपन्देही जिल्लास्तरीय अन्तर मावि एभरेस्ट कप छात्रा भलिबल प्रतियोगिता बुटवलमा सुरू भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेलमा सोमबार न्यु होराइजन र आयोजक एभरेष्ट मावि विजयी भएका छन् । पहिलो खेलमा देवदह इङ्लिस बोर्डिङ स्कुललाई सोझो सेटमा हराउँदै होराइजन मावि बुटवल अघिल्लो चरणमा प्रवेश गरेको छ । 

सोमबार नै भएको दोस्रो खेलमा अक्सफोर्ड मावि बुटवललाई सोझै सेटमै पराजित गर्दै आयोजक एभरेस्ट इङलिस माविले अघिल्लो चरणको यात्रा सुरक्षित गरेको छ। प्रतियोगिताका अन्य खेलहरू मङ्गलबार र बुधबार हुने छन् । एभरेस्ट इङलिस मावि बुटवलको आयोजनामा भएको भलिबल प्रतियोगितामा रूपन्देहीका डेढ दर्जन सामुदायिक र संस्थागत विद्यालय सहभागी छन् ।