तीनपोखरी कप फुटबल प्रतियोगिता : मकालु फ्रेन्डस क्लब फाइनलमा

पुस २८, २०८२ |खेल ब्युरो
तीनपोखरी कप फुटबल प्रतियोगिता : मकालु फ्रेन्डस क्लब फाइनलमा

संखुवासभा । तेस्रो संस्करणको तीनपोखरी कप फुटबल प्रतियोगितामा मकालु फ्रेन्डस क्लब फाइनलमा प्रवेश गरेको छ। 

सोमबार खाँदबारी रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा गत वर्षको विजेता झापाको चुलाचुली स्पोर्टिङ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मकालुले उपाधि नजिक पुगेको हो ।

संखुवासभासहित पूर्वी नेपालका आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल माघ १ गते आयोजना गरिने आयोजक तीनपोखरी क्लबले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ५१ हजार रूपैयाँ तथा उपविजेता टोलीले १ लाख २१ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।