
काठमाडौं । नेपाली महिला क्रिकेट टिमले जिम्बाव्वे महिला टिमसँग आइतबार खेल्ने अभ्यास खेल रद्द भएको छ।
नेपाल क्रिकेट संघ-क्यानले आइतबारको खेल रद्द भएको जानकारी शनिबार दिएको हो। जिम्बावेको टोली आईसीसी टी-२० विश्वकपका लागि शनिबार नेपाल आउने तालिका थियो। तर यात्राको समयमा परिवतर्नका कारण जिम्बावेको टोली नेपाल आउन नसकेपछि नेपालसँगको खेल रद्द गर्नु परेको हो। यो खेल छनोटको अभ्यासका लागि आयोजना गरिएको थियो।
नेपालमा आउँदो माघ चार गतेबाट विश्वकपको ग्लोबल छनोट हुने तालिका रहेको छ। त्यसका लागि नेपाल र जिम्बाव्बे दुबै समूह बीमा रहेका छन्। जिम्बावे यो समूहको विजेताको दाबेदारसमेत रहेका कारण यो खेल दुवै टिमका लागि अभ्यासको महत्वपूर्ण खेल थियो।
अब नेपालले वार्म अप खेलमा बुधबार आयरल्यान्ड र शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ। त्यसपछि नेपालको छनोटको तयारी पनि पुरा हुनेछ।