
बुटवल । विध्यालय तहका बालबालिकाको प्रतिस्पर्धात्मक खेल क्षमता बढाउन बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ सुरु भएको छ ।
बुटवल-११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबारदेखि रनिङ शिल्ड सुरु भएको हो । प्रतियोगितामा ३ सय ५० उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा एथ्लेटिक्सतर्फ दौड, ज्याभ्लिङ्ग थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रिपल जम्प लगायतका खेल रहेका छन् ।
कराँते तर्फ ६ वटा विधा, तेक्वान्दोतर्फ ६ वटा विधामा प्रतिस्पर्धा हुने छन् । खेलमा बुटवलमा रहेका सामुदायिक तथा निजी विद्यालयहरु १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गरीरहेका छन्। जस अन्तर्गत ९४१ जना छात्रा तथा ६०७ जना छात्रहरुले प्रतिस्पर्धा गर्दैछ्न् ।
बुटवल उपमहानगरको नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने बताउनुभयो । खेल अघि विध्यार्थीहरुले विशेष मार्च पास गरेका थिए ।